इंग्लिस प्रिमियर लिग : चेल्सी, टोटनह्याम, बर्नमाउथ, क्रिष्टल प्यालेस र वार्टफोर्डको विजयी शुरुवात

 साउन २७, २०७५ आइतबार ७:२१:२६ | उज्यालो सहकर्मी
unn.prixa.net

इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सी, टोटनह्याम, बर्नमाउथ, क्रिष्टल प्यालेस र वार्टफोर्डले विजयी शुरुवात गरेका छन् । शनिबार रातिको खेलमा चेल्सीले हडर्सफिल्डलाई ३ शून्यले हराएको हो । 

चेल्सीलाई जिताउन जर्जिन्हो, पेद्रो र काण्टेले गोल गरे । केही दिन अघिमात्र विश्वकै सबैभन्दा महंगो गोलकिपरका रुपमा अनुबन्ध भएका केपा अरिजाबालागाले चेल्सीबाट पहिलो खेल खेलेका थिए ।

अर्को खेलमा टोटनह्यामले न्यू क्यासललाई २–१ ले, बर्नमाउथले कार्डिफ सिटीलाई, क्रिष्टल प्यालेसले फुलह्यामलाई तथा वार्डफोर्डले ब्राइटलनलाई समान २ शून्यले हराउँदै खातामा तीन तीन अंक जोडेका हुन् ।

टोटनह्यामले न्युकासललाई उसकै मैदानमा २–१ गोलले हराउँदा खेलको आठौं मिनेटमा जान भर्टोनघेनले सुरुआती गोल गरेका थिए । टोटनह्यामले गोल गरेको तीन मिनेट नवित्दै न्युकासलले गोल फर्कायो । उसका लागि जोसेलुले गोल गरेका थिए ।

१८औं मिनेटमा बामीडेले अलीले गोल गर्दै टोटनह्यामलाई अग्रता दिलाए । बाँकी समयमा गोल हुन सकेन र टोटनह्यामले पहिलो खेलमा ३ अंक जोड्न सफल भयो ।

आज राती म्यान्चेष्टर सिटी र आर्सनल, लिभरपुल र वेष्टह्याम तथा साउथ ह्याम्प्टन र  बर्नली खेल्नेछन् ।  
 

अन्तिम अपडेट: चैत २५, २०८०

तपाईको प्रतिक्रिया