जेरार्ड पिकेले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास

 साउन २७, २०७५ आइतबार ९:१८:५ | उज्यालो सहकर्मी
unn.prixa.net

स्पेनिस डिफेण्डर जेरार्ड पिकेले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका छन् ।

३१ वर्षीय सेनटर ब्याक पिकेले स्पेनिस टोलीका लागि सन् २००९ देखि २०१८ सम्म १०२ क्याप जितेका छन् भन पाँच गोलसमेत गरेका छन् ।

उनी सन् २०१० मा स्पेले विश्वकपको उपाधि जित्दा टिमका महत्वपूर्ण सदस्य थिए । त्यस्तै स्पेनलाई सन् २०१२ को युरो च्याम्पियन बनाउन पनि उनको योगदान महत्वपूर्ण रह्यो ।

पिकेले हालै भएको रुस विश्वकपको छनोट चरण सुरु भएदेखि नै विश्वकपपछि फुटबलबाट सन्यास लिने सोच बनाएको बताएका छन् । उनले अनावश्यक विवादको भूमरीबाट बाहिर शान्त बस्न उपयुक्त उनले धारणा राखेका छन् ।

स्पेनको उत्तर पूर्वी राज्य क्याटालोनियाको स्वतन्त्रताको पक्षमा खुलेर समर्थन गरेको भन्दै राजधानी मड्रिडका समर्थकहरुले उनको आलोचना गरेका थिए । तर, बार्सिलोनाका यी सेन्टर ब्याकले अन्तिमसम्म आफ्नो अडान यथावत राखे । सरकारले जनताको मत सुन्नुपर्ने उनको धारणा थियो ।

राष्ट्रिय टिम छाडे पनि उनी बार्सिलोनामा भने रहनेछन् । स्पेनिस टोलीमा उनको भरपर्दो उत्तराधिकारी आइनसकेको अवस्थामा सन्यासको घोषणा गर्दा यसले केही असर पार्न सक्ने विश्लेषण गरिएको छ ।

उनले विश्वकप लगत्तै सन्यासको सोच बनाएको भए पनि अन्तिम १६ मा रशसँग पेनाल्टी शुटआउटमा पराजित भएर विश्वकपबाट बाहिरिएको एक महिनापछि मात्रै सन्यास लिएका छन् ।

‘मैले राष्ट्रिय टोलीमा निकै उत्कृष्ट समय बिताएँ, विश्वकप र युरोपियन च्याम्पियनसिप जितेँ, अब बार्साकै लागि पूर्ण ध्यान केन्द्रित गर्दैछु,’ पिकेले भने ।
 

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया