आईपीएलमा काेलकातासँगकाे खेलमा प्लेअफ समीकरण बिगार्ने दाउमा चेन्नई

 कात्तिक १३, २०७७ बिहिबार १९:५३:१८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा अहिले चेन्नई सुपर किङ्ग्स र कोलकाता नाइट राइडर्स खेलिरहेका छन् । दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा भइरहेको खेलमा टस जितेको चेन्नई पहिले बलिङ गरिरहेको छ ।  

आईपीएलमा प्लेअफबाट बाहिरिइसकेको चेन्नई अब बाँकी टिमको समीकरण बिगार्ने प्रयासमा रहनेछ, जसको पहिलो निसाना कोलकाता नाइट राइडर्स हुनेछ ।  

प्लेअफमा पुग्ने सम्भावना कायम राख्न कोलकातालाई अबका दुई खेलमा जित आवश्यक हुन्छ । १२ खेलमा ६ खेल जितेर १२ अङ्क बनाएकाे काेलकाता अहिले पाचाैँ स्थानमा छ भने समान खेलबाट आठ अङ्क बनाएकाे चेन्नई पुछारमा छ ।

यस्तो छ कोलकाताको प्लेइङ ११ : शुभमान गिल, नितिश राना, राहुल त्रिपाठी, दिनेश कार्तिक, इयन मर्गन, रिंकु सिंह, सुनिल नरायन, प्याट कमिन्स, लकी फर्गुसन, कमलेश नगरकोटी र वरुण चक्रवर्ती ।

यस्तो छ चेन्नईको प्लेइङ ११ : रुतुराज गायकवाद, शेन वाट्सन, अम्बाती रायुडु, महेन्द्रसिंह धोनी, एन जगदेसन, साम करन, रविन्द्र जडेजा, मिचेल स्यान्टनर, कर्ण शर्मा, दीपक चाह र लुंगी एन्गिडी । 

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया