गण्डकी प्रदेशमा थप एक जना कोरोना सङ्क्रमितको ज्यान गयो, ९८ जना सङ्क्रमित थपिए

 कात्तिक १४, २०७७ शुक्रबार ९:११:५ | राधाकृष्ण डुम्रे
unn.prixa.net

स्याङ्जा - गण्डकी प्रदेशमा थप एक जना कोरोना सङ्क्रमितको ज्यान गएको छ ।

आईसीयूमा उपचार गराइरहेका बागलुङको गल्कोट नगरपालिका ३ का ७२ वर्षका पुरुषको ज्यान गएको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले जनाएको छ । अस्पतालका अनुसार कोरोनाको सङ्क्रमण पुष्टि भएका ती पुरुषमा निमोनिया लगायतका समस्या थियो । योसँगै गण्डकी प्रदेशमा कोरोनाको सङ्क्रमणबाट ज्यान गुमाउनेको संख्या ७३ पुगेको छ ।

यस्तै गण्डकी प्रदेशमा थप ९८ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । आज आएको रिपोर्ट अनुसार कास्कीको पोखरा महानगरपालिकाका ६० जना, नवलपरासी बर्दघाट सुदूरपूर्वमा २२ जना, तनहुँमा ८,स्याङ्जामा ३ जना, लमजुङ र गोरखामा २/२ तथा पर्वतमा एक जना सङ्क्रमित थपिएका गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालय जनाएको छ ।

अन्तिम अपडेट: चैत ४, २०८०

राधाकृष्ण डुम्रे

स्याङजाका पत्रकार राधाकृष्ण डुम्रे उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया