इमरान खानले आउँदो शुक्रबार पाकिस्तानको प्रधानमन्त्रीमा सपथ ग्रहण गर्ने

 साउन २७, २०७५ आइतबार ११:१:३५ | उज्यालो सहकर्मी
unn.prixa.net

इमरान खानले आउँदो शुक्रबार पाकिस्तानको प्रधानमन्त्रीका रुपमा सपथ ग्रहण गर्ने पक्का भएको छ । पाकिस्तान तहरीक–ए–इन्साफ (पीटीआई) ले सपथग्रहणको औपचारिक मिति तय गर्दै इमरानलाई संसदीय दलको नेता चुन्ने औपचारिक प्रक्रिया पूरा भएको बताएको छ । 

पीटीआई नेता फैसल जावेदले सपथग्रहण समारोहमा भारतीय क्रिकेट टीमका पुर्ब कप्तानहरु सुनिल गावस्कर, र कपिलदेव तथा ब्याट्सम्यान नवजोतसिंह सिद्धूलाई निम्तो पठाइएको बताउनुभएको छ । 

गएको हप्ता भएको चुनावमा १ सय १६ सिट जितेको पीटीआईले आफूलाई १८० भन्दा बढी सांसदको समर्थन रहेको दाबी गरेको छ । 

अन्तिम अपडेट: चैत २३, २०८०

तपाईको प्रतिक्रिया