मुम्बईसँग दिल्लीको लज्जास्पद हार, प्ले अफमा पुग्ने सम्भावना भने कायमै

 कात्तिक १५, २०७७ शनिबार १९:१३:५७ | उज्यालो सहकर्मी
unn.prixa.net

इण्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा मुम्बई इण्डियन्सले दिल्ली क्यापिटल्सलाई ९ विकेटले हराएको छ ।

दिल्लीले दिएको १ सय ११ रनको लक्ष्य मुम्बईले १४ ओभर २ बलमा मात्रै १ विकेट गुमाएर भेटायो । उसका लागि इशन किसनले नटआउट ७२ रन बनाए । यस्तै क्विण्टन डि कक २६ रनमा आउट भए । यसअघि दुबईमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको दिल्लीले २० ओभरमा ९ विकेट गुमाएर १ सय १० रन बनायो ।

सुरुदेखि नै खराब प्रदर्शन गरेको दिल्लीको लागि कप्तान श्रेयस ऐअरले सर्वाधिक २४ रन बनाए । यस्तै ऋषभ पन्तले २१ तथा कागिसो रबाडा र रविचन्द्रन आश्विनले समान १२÷१२ रन बनाए । दिल्लीलाई न्युन स्कोरमा समेट्न मुम्बईका ट्रेन्ड बोल्ड र जसप्रित बुम्राहले समान ३/३ विकेट लिए ।

आजको हारसँगै दिल्लीलाई प्ले अफमा पुग्न समस्या देखिएको छ । दिल्लीले अब प्ले अफको लागि आफुले जितेर मात्रै पुग्नेछैन, अरुको नतिजामा पनि भर पर्नुपर्नेछ । मुम्बई १८ अंकसहित तालिकाको शिर्ष स्थानमा र १४ अंक भएको दिल्ली तेस्रो स्थानमा छ ।

अन्तिम अपडेट: चैत २७, २०८०

तपाईको प्रतिक्रिया