प्रिमियर लिगमा आज राति आर्सनल र चेल्सी खेल्दै
बैशाख ११, २०८१ मंगलबार
बझाङ – पहिरोले घर भत्किँदा एक महिने नाबलको ज्यान गएको छ ।
केदार स्यूँ गाउँपालिका वडा नम्बर ३ मैतोलीको रतन ढुङ्गा बस्ने मकर विष्टका एक महिने नाबालक एलिस विष्टको ज्यान गएको हो । आइतबार बिहान ६ बजे घर माथिबाट आएको पहिरालेले विष्टको दुई तले पक्की घर भत्ताएपछि घर भित्र सुताइ राखेकी नाबालकाको घटनास्थलमा नै ज्यान गएको जिल्ला प्रहरीले जनाएको छ ।
पहिरोले एकतर्फी पक्की घर भत्काउँदा ४ वर्षकी बालिका संगिता विष्ट र २ वर्षकी बालिका धौली विष्ट सामान्य घाइते हुनु भएको हो । पहिरोमा परि मृत्यु भएका बालकको शव निकालिएको र आफन्तहरुलाई जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यलयले जनाएको छ ।