रोकिराखेको जीप चिप्लिएर किच्दा एक बालकको घटनास्थलमै ज्यान गयाे

 साउन २७, २०७५ आइतबार १३:५१:२७ | देव पचभैया
unn.prixa.net

पाल्पा - तानसेनको बडीज्ञानटोलमा रोकिराखेको जीप चिप्लिएर गएर किच्दा एक बालकको घटनास्थलमै  ज्यान गएकाे भएको छ भने बाटोमा हिंडिरहेका चारजना बटुवा घाइते भएका छन् ।

 ज्यान जानेमा हुनेमा बगनासकाली–२, नायरका नौ महिनाका बालक भएको प्रहरीले जनाएको छ । 

हुलाकचोकदेखि आन्दोलनचोकतर्फ जाँदै गरेको ग १ च ६७४८ नं.को भैंसी बोक्ने जीपले बालकसहित अन्य मानिसलाई किचेको प्रहरी कार्यालयले जनाएको छ ।

घटनामा सानो दुधे बच्चा आमाको काखबाट उछिट्टिएर लडेका थिए, उनलाई गाडीले किचेको थियो ।

बालकका आफन्तहरु गम्भीर घाइेते भएका छन् उनीहरुलार्इ मिसन अस्पताल पाल्पामा उपचारको लागि पठाइएको छ । 

अन्तिम अपडेट: चैत ३०, २०८०

देव पचभैया

पाल्पाका उज्यालो सहकर्मी देव पचभैया श्रीनगर एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया