प्रकाण्डलाई थप ३ दिन थुनामा राख्न जिल्ला अदालतको आदेश

 साउन २७, २०७५ आइतबार १८:१५:१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं - नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खडगबहादुर विश्वकर्मा (प्रकाण्ड) लाई काठमाडौं जिल्ला अदालतले थप ३ दिन हिरासतमा राख्न आदेश दिएको छ । 

जबरजस्ती चन्दा संकलन गरेको अभियोगमा पक्राउ परेका प्रकाण्डमाथि अनुसन्धानका लागि काठमाडौं जिल्ला अदालतले थप ३ दिन हिरासतमै राख्न आदेश दिएको हो ।

आइतबार अदालत पुर्‍याइएका प्रकाण्डलाई थप अनुसन्धानका लागि १५ दिनको म्याद थप गर्न प्रहरीले माग गरेको थियो । यसअघि प्रहरीले अनुसन्धानका लागि अदालतबाट ५ दिनको समय लिएको थियो ।

गएकाे साउन २२ गते साँझ पार्टीकाे कामको सिलसिलामा हेटौंडाबाट काठमाडौं आउने क्रममा प्रवक्ता प्रकाण्ड २ जना सहयोगीसहित काठमाडौंको टौदहबाट पक्राउ परेका थिए ।

प्रकाण्डले उद्योगी व्यवसायीहरुबाट करिव ७ करोड चन्दा असुली गरेको दावीसहित प्रहरीले चन्दा ऐन अन्तरगत मुद्दा चलाएको छ ।

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया