इंग्ल्याण्डका बलर जेम्स एण्डरसनले बनाए लर्ड्स मैदानमा १ सय विकेट लिने कीर्तिमान

 साउन २७, २०७५ आइतबार १९:५४:१० | उज्यालो सहकर्मी
unn.prixa.net

इंग्ल्याण्डका तीव्र गतिका बलर जेम्स एण्डरसनले लर्ड्स मैदानमा १ सय विकेट लिने कीर्तिमान बनाएका छन् ।

क्रिकेटको मक्का मानिने लर्ड्समा चलिरहेकाे भारतविरुद्धको दाेस्राे टेस्टमा एण्डरसनले मुरली विजयलाई दोस्रो पारिमा आउट गर्दै लर्ड्स मैदानमा एक सय विकेट लिने पहिलो खेलाडी बनेका हुन् ।

एण्डरसनले पहिलो पारिमा ५ विकेट लिएका थिए । योसँगै एउटै मैदानमा सय विकेट लिने उनी विश्वको दोस्रो खेलाडी बनेका छन् ।

तर श्रीलंकाका पूर्व स्पिनर मुथैया मुरलीथरनले अहिले सम्म ३ वटा मैदानमा एक सय भन्दा बढी विकेट लिइसकेका छन् ।

मुरलीथरनले एसएससी कोलम्बोमा १६६, क्यान्डीमा ११७ र गालेमा १११ विकेट लिएका छन् ।

अब यो सूचीमा इंग्ल्याण्डका जेम्स एन्डरसन पनि समावेश भएका हुन् । ९९ विकेट लिएर श्रीलंकाका रंगना हेराथ एउटै मैदानमा विकेट लिने खेलाडीको तेस्रो नम्बरमा छन् ।

उनले गालेमा ९९ विकेट लिइसकेका छन् भने एसएससीमा ८४ विकेट लिएका छन् ।

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया