वेस्टह्यामविरुद्ध लिभरपुलको शानदार जित, मानेको दुई गोल, सलाह र स्टरिजको एक–एक

 साउन २७, २०७५ आइतबार २१:२७:४८ | एजेन्सी
unn.prixa.net

इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुल विजयी भएको छ । आज भएको खेलमा वेस्टह्यामलाई ४–० को फराकिलो अन्तरले पराजित गरेको हो ।

लिभरपुलको जितमा साडियो मानेले २ गोल गर्दा मोहमद सलाह र ड्यानियल स्टरिजले एक एक गोल गरेका थिए । पहिलो हाफको १९ औं मिनेटमा मोहमद सलाहले लिभरपुलका लागि पहिलो गोल गरेका थिए । उनले एन्ड्रयू रोबर्टसनको पासमा गोल गरेका हुन् ।

यसैगरी पहिलो हाफको अतिरिक्त समयमा साडियो मानेले लिभरपुलको अग्रता दोब्बर पारे । मानेले जेम्स मिल्नरको पासमा गोल गर्दै पहिलो हाफमा २–० को अग्रता बनाए । यसैगरी मानेले नै ५३ औं मिनेटमा रोबर्टो फिरमिनोको पासमा गोल गर्दै ३–० को अवस्थामा पुर्याएका थिए । 

मोहमद सलाहलाई रिप्लेस गर्दै मैदान छिरेका ड्यानियल स्टरिजले टिमका लागि ८८औै मिनेटमा चौथो गोल गरेका थिए । आजै भएको अर्को खेलमा साउथह्याम्पटन र बर्नले भने गोलरहित बराबरीमा रोकिएका छन् ।

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया