एनसेलले ल्यायो मिदास ईक्लास सेवा

 साउन २७, २०७५ सोमबार ५:३७:२७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं -  एनसेल प्रा.लिले मिदास एजुकेसन प्रा.लिसँग सहकार्य गर्दै आफ्ना ग्राहकका लागि मिदास ईक्लास सेवा ल्याएको छ । यो सेवाको सुरुवातसँगै अब एनसेलका ग्राहकले आफ्ना बालबच्चाहरुको शैक्षिक विकासका लागि श्रव्य/दृ्श्यमा आधारित डिजिटल शैक्षिक सामाग्रीहरुको ठूलो संग्रहबाट लाभ लिन सक्नेछन् । 
 
मिदास ईक्लास मोबाइल फोन, ट्याब्लेट वा कम्प्युटर माध्यमबाट बालबालिकालाई सिक्न सघाउने एक प्लेटफर्म हो । यहाँ उपलब्ध हुने पाठ्यक्रमहरु श्रव्य/दृश्यमा आधारित र अन्तक्र्रियात्मक हुने भएकाले बालबालिकाहरुले अभिरुचीपुर्वक सिक्न सक्छन् । यस सेवामा प्लेगु्रपदेखि कक्षा दश सम्ममा अध्ययनग र्ने विद्यार्थीहरुका भिडियो ट्युटोरियल, विविध शैक्षिक सामग्रीहरु, गेम्स् तथा अभ्यासहरु रहेका छन् । 

सोमबारदेखि एनसेलका ग्राहकले यो सेवा प्रयोग गर्न सक्नेछन् । जस अन्तर्गत ग्राहकले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको पाठ्यक्रम विकास केन्द«ले प्रमाणित गरेको शैक्षिक सामग्रीहरु जस्तै विषेश भिडियो ट्युटोरियल्स्, एनिमेटेड पाठहरु  लगायत अन्य शैक्षिक सामग्रीहरु डाउनलोड गर्न सक्नेछन् । 

गाहकले गुगल प्लेस्टोरबाट यो एप सजिलै डाउनलोड गर्न सक्नेछन् र आफ्नो एनसेलको नम्बरबाट यस एपमा दर्ता गरी एप चलाउन सक्नेछन् । यस एपमार्फत ग्राहकले आफ्नो आवश्यकताअनुसार यस सेवाभित्र रहेका कुनै पनि कक्षाका विद्यार्थीका लागि उपयुक्त योजना सुरु गर्न सक्नेछन् । 

मिदास ईक्लास सदस्यतामा आधारित सेवा हो । जसअन्तर्गत ग्राहकले दैनिक, साप्ताहिक तथा मासिकमध्ये कुनै पनि सेवा योजना सुरु गर्न सक्नेछन् । दैनिक योजना सुरु गर्न रु ११.९६ (कर सहितशुल्क रु १५.२६) शुल्क रहेको छ । त्यसैगरी साप्ताहिक योजनाको रु ५५.८१ (कर सहित रु ७१.२६) र मासिक योजनाको रु १९९.३१ (कर सहित रु २५४.५०)शुल्क तोकिएका छन् ।

एनसेलका ग्राहकले यो सेवा सुरु गरेको दिनदेखि एक हप्तासम्म निःशुल्क प्रयोग गर्न सक्नेछन् । एप डाउनलोड तथा एपमा रहेको शैक्षिक सामग्रीहरु प्रयोग तथा डाउनलोड गर्दा विद्यमान् डेटा शुल्क लाग्नेछ । एपमार्फत सेवा सुरु गरेपछि ग्राहकले वाईफाई मार्फत पनि आवश्यक भिडियो कन्टेन्ट डाउनलोड गर्न सक्नेछन् । 
 

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया