ढुंगेललाई सरकारले आममाफी दिएको भन्दै कपडा खोलेर प्रदर्शन

 जेठ १६, २०७५ बुधबार ६:५९:३६ | रासस
unn.prixa.net

काठमाडाैं, जेठ १६ – नेपाल विद्यार्थी संघले हत्याको आरोपमा जेल सजाय भोगेका बालकृष्ण ढुंगेललाई सरकारले आममाफी दिएको भन्दै मंगलबार कपडा खोलेर (अर्धनग्न) प्रदर्शन गरेको छ । 

नेविसंघले उज्जनकुमार श्रेष्ठको हत्यामा संलग्न भएको आरोपमा जेल सजाय भोगिरहेका पूर्वसभासद् ढुंगेललाई आममाफी दिएको विरोधमा अर्धनग्न प्रदर्शन गरेको हो । 

प्रदर्शनमा नेविसंघका अध्यक्ष नैनसिंह महरले वर्तमान सरकार अधिनायकवादतर्फ लागेको आरोप समेत लगाउनुभयो । आइतबार मन्त्रिपरिषद्को बैठकले ढुंगेलसहित ८१६ जनालाई आममाफी दिन राष्ट्रपतिसमक्ष सिफारिश गरेको थियो । रासस

अन्तिम अपडेट: चैत १, २०८०

तपाईको प्रतिक्रिया