२४ घण्टामा १ हजार ९१३ जनामा काेराेना सङ्क्रमण, २ हजार ३४९ जना डिस्चार्ज

 कात्तिक २७, २०७७ बिहिबार १६:३१:४७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपालमा काेराेना भाइरस (काेभिड–१९) का सङ्क्रमितकाे सङ्ख्या दुई लाख चार हजार दुई सय ४२ पुगेकाे छ । बिहीबार थप एक हजार नाै सय १३ जनामा सङ्क्रमण पुष्टि भएकाे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएकाे छ । 

१० हजार २२ जनाकाे नमुना परीक्षण गर्दा एक हजार नाै सय १३ जनामा सङ्क्रमण देखिएकाे हाे । त्यस्तै गएकाे २४ घण्टामा दुई हजार तीन सय ४९ जना निकाे भएर फर्किएसँगै डिस्चार्ज हुनेकाे सङ्ख्या एक लाख ६४ हजार पाँच सय ९२ पुगेको छ ।  

अब नेपालमा ३८ हजार चार सय ६१ जना सक्रिय सङ्क्रमित आइसाेलेशनमा रहेका छन् । यस्तै नाै सय ७४ ना क्वरेण्टीनमा रहेकाे मन्त्रालयले जनाएको छ । 

यस्तै गएको २४ घण्टामा १५ जनाको ज्यान गएसँगै कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या एक हजार एक सय ८९ पुगेको छ ।  

पछिल्लाे २४ घण्टामा काठमाण्डाै उपत्यकामा नाै सय ७३ जनामा काेराेना भाइरसकाे सङ्क्रमण पुष्टि भएकाे छ । मन्त्रालयका अनुसार काठमाण्डाैमा सात सय ६४, भक्तपुरमा ८३ र ललितपुरमा एक सय २६ जनामा सङ्क्रमण देखिएकाे हाे । 

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया