नेइमारकाे सुरुवाती गाेलसँगै फ्रेञ्च लिग वानमा पीएसजीकाे विजयी सुरुवात

 साउन २८, २०७५ सोमबार ८:५६:२४ | उज्यालो सहकर्मी
unn.prixa.net

नेइमारको गोलसँगै फ्रेञ्च लिग वान अन्तर्गत साविक विजेता पेरिस सेन्ट जर्मेइन (पीएसजी)ले विजयी सुरुआत गरेको छ ।

आइतबार राति भएको खेलमा पीएसजीले सिनलाई ३-० गोलले हराउँदा सुरुवाती गोल नेइमारले गरे । सिनका गोलरक्षक बिस साम्बाको गल्तीको फाइदा उठाउँदै नेइमारले खेलको दशौं मिनेटमा गोल गरेका थिए ।

पीएसजीका लागि ३५औं मिनेटमा एड्रियन रावियटले एन्जेल डी मारियाको पासमा गोल गरे । खेलको नियमित समय सकिनु १ मिनेट अघि पीएसजीले तेस्रो गोल गरेको थियो ।

त्यसबेला पनि सिनकै गोलरक्षकको गल्ती थियो । नेइमारलाई प्रतिस्थापन गरी मैदान छिरेका टिमोथी वीहले गोल गरेका थिए ।

पीएसजीको पहिलो खेलमा विश्व विजेता फ्रान्सेली टोलीका सदस्य केलिएन एमबाप्पे थिएनन् भने जर्मन प्रशिक्षक टचेलका लागि पनि यो पहिलो खेल थियो ।

युभेन्टसबाट यसै सिजन पीएसजी गएका ४० वर्षीय महान गोलरक्षक जियानलुगी बुफोनले फ्रेञ्च लिगमा डेब्यू गरेका छन् । 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया