प्रचण्डको प्रस्तावमा समर्थन रहेको नेपाल र गौतमको भनाइ, ओलीलाई सच्चिन आग्रह

 कात्तिक ३०, २०७७ आइतबार १९:३५:३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपाल र उपाध्यक्ष वामदेव गौतमले कार्यकारी अध्यक्ष प्रचण्डको राजनीतिक प्रस्तावमा आफूहरूको समर्थन रहेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई सच्चिन आग्रह गरेका छन् । 

प्रधानमन्त्री ओलीले आज बिहान उपाध्यक्ष वामदेव गौतमलाई बोलाएर प्रचण्डले सचिवालयको बैठकमा पेस गरेको प्रस्ताव फिर्ता लिन आग्रह गर्नुभएको थियो । तर उपाध्यक्ष वामदेव गौतमले भने ओलीले एकलौटी गरेको, सरकार भ्रष्टाचारमा डुब्दा पनि प्रधानमन्त्री मौन बसेको, निरङ्कुश बनेर अरु नेतालाई हेपेको, पार्टीका विधान र बैठकका निर्णय नमानेर उद्दण्डता देखाएको लगायतका आरोप लगाउनुभएको थियो ।

प्रचण्डले पेस गरेको प्रस्तावमा आफूको पनि योगदान रहेको भन्दै वामदेव गौतमले प्रधानमन्त्री ओलीलाई सच्चिन र पार्टीको निर्देशन मान्न सुझाव दिनुभएको थियो ।

आइतबार दिउँसो प्रधानमन्त्री ओलीले वरिष्ठ नेता माधवकुमार नेपाललाई पनि बालुवाटार बोलाएर प्रचण्डको प्रस्ताव फिर्ताको वातावरण मिलाउन आग्रह गर्नुभएको छ । तर नेता नेपालले सचिवालयमा पेस भएको प्रस्ताव प्रचण्डको मात्र नभएर पाँच जना सचिवालय सदस्यकै भएको जवाफ दिनुभएको छ ।

नेता नेपालले अहिलेको समस्या उत्पन्न हुनुमा प्रधानमन्त्री ओलीको कार्यशैली नै जिम्मेवार भएको भन्दै म नै सबै थोक हो भन्ने भ्रम त्याग्न ओलीलाई सल्लाह दिनुभएको नेता नेपाल निकट एक नेताले जानकारी दिएका छन् ।  

अन्तिम अपडेट: बैशाख ४, २०८१

1 Comments

  • Bel Gurung

    Nov. 17, 2020, 8:30 a.m.

    Let Oli work otherwise you so called leaders will be punished by the people very badly.

  •  0 Reply

तपाईको प्रतिक्रिया