सांसद हसिना खानद्वारा शपथ ग्रहण
बैशाख ७, २०८१ शुक्रबार
ओखलढुंगा, जेठ १६ – ओखलढुंगा जिल्लाभित्र काम गर्ने ठेक्का लिएर अलपत्र छोड्ने ठेकेदारमाथि कारबाही सुरु गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय ओखलढुंगाले जिल्लाभर कामको जिम्मा लिएका ठेकेदार र कामको विवरण संकलन गरेर काम नगर्नेमाथि स्पष्टीकरण सोधेको छ ।
प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले जिल्लाभरको विवरण अध्ययन गर्दा पाँच जना ठेकेदार कारवाहीको दायरामा देखिएकाले पहिलो चरणमा स्पष्टीकरण सोधेको बताउनुभयो । काम तत्कालै सुरु नगरे दोस्रो चरणमा ठेक्का रद्ददेखि गिरफ्तारसम्म गर्ने उहाँले जानकारी दिनुभयो ।
पहिलो कारबाहीस्वरुप स्पष्टीकरण मात्र सोधेकाले नाम सार्वजनिक नगर्ने बताएका प्रजिअ पन्तले काम सुरु नगरे कडा कारबाही गर्ने बताउनुभयो । जिल्लामा पाँच वर्षदेखि ठेक्का लिएर पुल, विद्यालय भवन, स्वास्थ्य–चौकी जस्ता पूर्वाधार निर्माण नगर्ने ठेकेदार एक दर्जन हाराहारीका ठेकेदारले काम अलपत्र छोडेका छन् ।