काम गर्ने ठेक्का लिएर अलपत्र छोड्ने ठेकेदारमाथि कारबाही सुरु

 जेठ १६, २०७५ बुधबार ७:१८:२० | शिव ढुंगाना
unn.prixa.net

ओखलढुंगा, जेठ १६ – ओखलढुंगा जिल्लाभित्र काम गर्ने ठेक्का लिएर अलपत्र छोड्ने ठेकेदारमाथि कारबाही सुरु गरिएको छ । 

जिल्ला प्रशासन कार्यालय ओखलढुंगाले जिल्लाभर कामको जिम्मा लिएका ठेकेदार र कामको विवरण संकलन गरेर काम नगर्नेमाथि स्पष्टीकरण सोधेको छ ।

प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले जिल्लाभरको विवरण अध्ययन गर्दा पाँच जना ठेकेदार कारवाहीको दायरामा देखिएकाले पहिलो चरणमा स्पष्टीकरण सोधेको बताउनुभयो । काम तत्कालै सुरु नगरे दोस्रो चरणमा ठेक्का रद्ददेखि गिरफ्तारसम्म गर्ने उहाँले जानकारी दिनुभयो ।

पहिलो कारबाहीस्वरुप स्पष्टीकरण मात्र सोधेकाले नाम सार्वजनिक नगर्ने बताएका प्रजिअ पन्तले काम सुरु नगरे कडा कारबाही गर्ने बताउनुभयो । जिल्लामा पाँच वर्षदेखि ठेक्का लिएर पुल, विद्यालय भवन, स्वास्थ्य–चौकी जस्ता पूर्वाधार निर्माण नगर्ने ठेकेदार एक दर्जन हाराहारीका ठेकेदारले काम अलपत्र छोडेका छन् । 

अन्तिम अपडेट: फागुन २९, २०८०

शिव ढुंगाना

शिव ढुंगाना ओखलढुंगाका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया