रोल्पाको रुन्टीगढीमा जीप दुर्घटना : १ को मृत्यु, १ गम्भीर

 साउन २८, २०७५ सोमबार १५:७:३६ | माधवकुमार ओली

रोल्पा – रोल्पाको रुन्टीगढी गाउँपालिका–१, दिसुन्धारामा जीप दुर्घटना हुँदा एक बालिकाको मृत्यु भएको छ भने अन्य १ जना गम्भीर घाइते भएका छन् ।

रुन्टीगढी–१, लिबाङीआपबाट होलेरी जाँदै गरेको लु १ त ९४९३ नम्बरको यात्रुवाहक जीप आज बिहान दुर्घटना हुँदा रुन्टीगढी गाउँपालिका–९, सखीका ४ वर्षीया रितु कार्कीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

क्षमताभन्दा धेरै यात्रु बोकेको जीप कच्ची सडकको घुम्तीमा चिप्लेर दुर्घटना भएको प्रहरीले जनाएको छ । गाडीमा सवार अन्य १८ जना मध्ये एक जना गम्भीर घाइते भएको बताइएको छ ।
 

अन्तिम अपडेट: बैशाख ७, २०८१

माधवकुमार ओली

रोल्पाका पत्रकार माधवकुमार ओली उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया