वामपन्थी नेता सोमनाथ चटर्जीको निधन

 साउन २८, २०७५ सोमबार १५:१६:४३ | रासस
unn.prixa.net

भारतीय लोकसभाका पूर्व सभामुख एवं वामपन्थी नेता सोमनाथ चटर्जीको कोलकातामा सोमबार बिहान निधन भएको छ । उहाँ ८९ वर्षका हुनुहुन्थ्यो । 

चटर्जी अगष्ट १० मा कोलकाताको एक निजी अस्पतालमा उपचारका लागि भर्ना हुनुभएको थियो । चिकित्सकका अनुसार उहाँमा मुटुको समस्या थियो । 

भारतीय कम्युनिष्ट पार्टी (मार्क्सवादी) का नेता चटर्जी मृगौला रोगबाट थलिनु भएको थियो । उहाँलाई शनिबार भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो । गएको जुलाईमा समेत उहाँलाई हृदयघात भएको थियो । 

सन् १९२९ जुलाई २५ तारिखमा जन्मिनुभएका चटर्जी १० पटकसम्म भारतीय लोकसभाका सदस्य हुनुहुन्थ्यो । भारतमा सबैभन्दा बढी लोकसभामा प्रतिनिधित्व गर्नेमध्येका उहाँ एक हुनुहुन्थ्यो । उहाँ सन् २००४ देखि २००९ सम्म भारतीय लोकसभाका सभामुख हुनुहुन्थ्यो ।
 

अन्तिम अपडेट: बैशाख १२, २०८१

1 Comments

  • ishwori kharel

    Aug. 13, 2018, 3:36 p.m.

    भावपुर्ण श्रद्धाञ्जली

  •  0 Reply

तपाईको प्रतिक्रिया