​सेरेनाको उत्कृष्ट कमब्याक

 जेठ १६, २०७५ बुधबार ७:४२:१४ | उज्यालो सहकर्मी
unn.prixa.net

जेठ १६ – अमेरीकी खेलाडी सेरेना विलियम्सले ग्राण्डस्लाममा कमब्याक गरेकी छिन् । वर्षको दोस्रो ग्राण्डस्लाम फे्रन्च ओपनबाट कमब्याक गरेकी सेरेना सहज रुपमा दोस्रो स्थानमा प्रवेश गरिन् ।

पेरीसमा भएको महिलातर्फको खेलमा सेरेनाले क्रिस्टेना प्लिस्कोभालाई २ – ० को सोझो सेटमा हराइन् । ३६ वर्षीया सेरेनाले प्लिसकोभालाई पहिलो सेटमा ७ – ६ ले हराइन भने दोस्रो सेटमा पनि ६ –० ले पराजित गरिन् । सेरेना बच्चाको आमा बनेपछि पहिलो पटक ग्राण्डस्लाममा उत्रेकी हुन् ।

यस्तै, अर्को खेलमा पूर्व च्याम्पियन मारीया सारापोभाले पनि उत्कृष्ट कमब्याक गर्दै दोस्रो चरणमा स्थान बनाइन् । उनले नेदरल्याण्ड्सकी रिचेल होगेनकाम्पलाई २ – १ को प्रतिस्पर्धात्मक सेटमा हराइन् । रसियन खेलाडी सारापोभाले पहिलो सेट ६ – १ ले जितेपछि दोस्रो सेट ४ – ६  ले गुमाउन पुगिन् । तर तेस्रो तथा अन्तिम सेटमा ६ – ३ जित निकाल्दै उनले दोस्रो चरणमा स्थान बनाइन् ।

पुरुषतर्फ स्पेनिस खेलाडी रफायल नाडालल इटालीका सिमोन बोलेलीलाई ३ –० को सोझो सेटमा पाखा लगाउँदै अर्को चरणमा प्रवेश गरे । ११ औँ फ्रेन्च ओपनको उपाधि जित्ने लक्ष्यमा रहेका नाडालले सिमोन विरुद्धको पहिलो सेट ६ – ४ ले जितेका थिए भने दोस्रो सेट ६ –३ ले आफ्नो पक्षमा पारे । तेस्रो सेटमा जित निकाल्न भने उनले टाइब्रेकरसम्म पुग्नु पर्यो । जसमा उनले ७ – ६ को जित निकाल्दै अर्को चरणमा स्थान बनाए ।

अन्तिम अपडेट: फागुन २८, २०८०

तपाईको प्रतिक्रिया