दिल्लीको संसद भवन नजिकै गोली चल्यो, जेएनयू छात्र उमर खालिद बालबाल बचे

 साउन २८, २०७५ सोमबार १६:२४:२० | उज्यालो सहकर्मी
unn.prixa.net

जवाहरलाल नेहरु विश्वविद्यालय(जेएनयू)का छात्र उमर खालिदमाथि गोली प्रहार भएको छ ।

केही वर्षदेखि विवादास्पद अभिव्यक्तिका कारण चर्चामा रहेका खालिदमाथि दिल्लीको कन्स्टिट्युसन क्लबबाहिर गोली हानिएको हो । प्रत्यक्षदर्शीका अनुसार उमर खालिद रफी मार्गमा रहेको एउटा चिया पसलमा बस्दै गर्दा एक जना व्यक्त आएर धक्का दिँदै गोली प्रहार गरेका थिए । खालिद लडेका कारण उनलाई भने गोली लागेन ।

दिल्लीमा रहेको संसद भवन नजिकै रहेको क्लबमा ‘आजादी’ नामक एक कार्यक्रममा खालिद सहभागी हुँदै थिए । यो क्षेत्र दिल्लीको निकै नै सुरक्षित क्षेत्र मानिन्छ । उमर खालिद जेएनयुका विद्यार्थी नेता हुन् । उनीमाथि जेएनयूभित्र भारतविरोधी नारा लगाएको आरोप लागेको थियो । सन् २०१६ को फेब्रुअरीमा छात्र नेता कन्हैया कुमार, अनिर्बान भट्टाचार्यसँगै खालिद पनि गिरफ्तार भएका थिए । उमर खालिदले आफूले भारतविरोधी नारा नलगाएको बताउँदै आएका छन् । 

यही मामिलामा उमर खालिद र कन्हैया कुमारलाई पीएचडीको उपाधि दिन इन्कार गरिएको छ । उनीहरुको थेसिस विश्वविद्यालयले लिन मानिरहेको थिएन । दिल्ली उच्च अदालतमा यो मुद्धा पुगेपछि दुवैले थेसिस भने बुझाएका छन् । 

अन्तिम अपडेट: बैशाख ८, २०८१

तपाईको प्रतिक्रिया