थप १ हजार ६६९ जनामा काेराेना सङ्क्रमण, ५ हजार ६९९ जना डिस्चार्ज

 मंसिर ७, २०७७ आइतबार १६:२३:९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपालमा काेराेना भाइरस (काेभिड–१९) का सङ्क्रमितको सङ्ख्या दुई लाख २० हजार तीन सय आठ पुगेकाे छ । आइतबार थप एक हजार ६ सय ६९ जनामा सङ्क्रमण पुष्टि भएकाे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएकाे छ । 

त्यस्तै गएकाे २४ घण्टामा पाँच हजार ६ सय ९९ जना निकाे भएर फर्किएसँगै डिस्चार्ज हुनेकाे सङ्ख्या एक लाख ९९ हजार २४ पुगेको छ ।  

अब नेपालमा १९ हजार नाै सय ६३ जना सक्रिय सङ्क्रमित आइसाेलेशनमा रहेका छन् । यस्तै ६ सय ८६ जना क्वरेण्टीनमा रहेकाे मन्त्रालयले जनाएको छ । 

२४ घण्टामा थप १६ जना सङ्क्रमितकाे ज्यान गएसँगै काेराेनाबाट ज्यान गुमाउनेकाे सङ्ख्या एक हजार तीन सय २१ पुगेकाे छ ।    

अन्तिम अपडेट: चैत २, २०८०

तपाईको प्रतिक्रिया