डाक्टरहरुले दिए भदौ १ गतेदेखि बिरामी नजाँच्ने चेतावनी (विज्ञप्तिसहित)

 साउन २८, २०७५ सोमबार १७:५०:४७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – नेपाल चिकित्सक संघले भदौ १ गतदेखि डाक्टरहरुले बिरामी नजाँच्ने चेतावनी दिएको छ । 

पटक–पटकको आग्रहलाई बेवास्ता गर्दै सरकारले मुलुकी ऐन, अपराध संहिता २०७४ र फौजदारी कार्यविधिमा चिकित्सकलाई अपराधीको व्यवहार गरेको भन्दै संघले भदौ १ गतेदेखि सबै चिकित्सकले एप्रोन र प्रमाणपत्र नेपाल मेडिकल काउन्सिलमा बुझाउने चेतावनी दिएको छ । 

सोमबार विज्ञप्ति निकालेर चिकित्सक संघले उपचारको क्रममा कुनै त्रुटी हुन गएमा पनि चिकित्सकलाई अपराधीसरह कारबाही हुने व्यवस्था गरिएको भन्दै आपत्ति जनाएको छ । 

संघले चिकित्सक पेशाको इज्जत राखिदिन पनि सरकारसँग आग्रह गरेको छ । यो व्यवस्था नसच्चिएसम्म कुनै पनि चिकित्सकले बिरामीको उपचार गर्न नसक्ने चिकित्सक संघको चेतावनी छ । 

नयाँ मुलुकी ऐन भदौ १ गतेदेखि लागु हुँदैछ । जसमा डाक्टरको लापर्वााहीले बिरामीको ज्यान गएमा ५ वर्षसम्म कैदको व्यवस्था गरिएको छ । 

अन्तिम अपडेट: चैत २५, २०८०

2 Comments

  • राजु प्रसाद अधिकारी

    Aug. 13, 2018, 6:14 p.m.

    संघको नाममा राज्यले ल्याएको कानून नमान्ने कुरा त नेपाल चिकित्सक संघ राज्य र कानून भन्दा माथि बस्न खोजेको त हैन ,खबरदार कोही कसैको डर र धाकले वा धम्कीले राज्य डराउनेवाला पक्कैछैन ,यदि कसैको जिवनमा खेलबाड भए भर पुर सजाय हुनै पर्छ,सेतो एप्रोन लगाउदैमा कानून मान्दिनभन्नु सरासर गार्है कानूनी कदम हो ,त्यसैले सधैं अन्तरिम कालको जस्तो जे मनलाग्यो त्यही हुँदैन ,कानून बलियोछ ,र नतर्साउनुहोस

  •  0 Reply
  • moti

    Aug. 13, 2018, 6:13 p.m.

    ए ए मान्छे मार्न पाउनुपर्छ भनेर आन्दोलन? तुरुन्त लाइसेन्स खारेज गर्नुपर्छ आन्दोलन गर्नेलाई

  •  0 Reply

तपाईको प्रतिक्रिया