राप्ती समाज अस्पतालमा तोडफोड

 साउन २८, २०७५ सोमबार १८:८:२८ | राजु लामिछाने
unn.prixa.net

रुकुम पश्चिम – मुसीकोट नगरपालिका–१, सल्लेमा रहेको राप्ती अस्पतालमा तोडफोड भएको छ ।

उपचारको क्रममा बिरामीको मृत्यु भएपछि मृतकका आफन्तले ढुङ्गामुढा गरेका हुन् । त्रिवेणी गाउँपालिका–९ का वडा सदस्य २७ वर्षीय कमल रावलको सोमबार बिहान राप्ती समाज अस्पतालमा मृत्यु भएको थियो ।

स्वास्थ्यकर्मीको लापरबाहीको कारण बिरामीको मृत्यु भएको भन्दै आक्रोशित आफन्तले ढुङ्गा प्रहार गरेका हुन् । तोडफोडबाट अस्पतालका झ्यालका सिसा फुटेका छन् । २६ गते शनिबार टाउको दुस्ख्ने, जिउ दुस्ख्ने समस्याका कारण रावल अस्पताल भर्ना भएका थिए ।

सामान्य अवस्थामा रहेका रावलमाथि गलत सुईको प्रयोग भएको आफन्तको आरोप छ । सुइ लगाएको केही छिनमै रावलको मृत्यु भएको दाबी आफन्तले गरेका छन् । 
अस्पतालले मृतकका बालबच्चाहरुको शैक्षिक र बीमाको लागि सहयोग गर्ने बताएपछि आफन्तहरुले शव बुझेका छन् । 
 

अन्तिम अपडेट: चैत १५, २०८०

राजु लामिछाने

राजु लामिछाने रुकुमका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया