२४ घण्टामा थपिए १ हजार ७९० काेराेना सङ्क्रमित, २ हजार ७९१ जना डिस्चार्ज

 मंसिर ९, २०७७ मंगलबार १६:२६:४२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपालमा काेराेना भाइरस (काेभिड–१९) का सङ्क्रमितको सङ्ख्या दुई लाख २४ हजार ७८ पुगेकाे छ । मङ्गलबार थप एक हजार सात सय ९० जनामा सङ्क्रमण पुष्टि भएकाे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएकाे छ । 

१० हजार आठ सय ४३ जनाकाे नमुना परीक्षण गर्दा एक हजार सात सय ९० जनामा सङ्क्रमण देखिएकाे हाे । त्यस्तै गएकाे २४ घण्टामा दुई हजार सात सय ९१ जना निकाे भएर फर्किएसँगै डिस्चार्ज हुनेकाे सङ्ख्या दुई लाख चार हजार आठ सय ५८ पुगेको छ ।  

अब नेपालमा १७ हजार आठ सय ५९ जना सक्रिय सङ्क्रमित आइसाेलेशनमा रहेका छन् । यस्तै ६ सय २७ जना क्वरेण्टीनमा रहेकाे मन्त्रालयले जनाएको छ । 

२४ घण्टामा थप २४ जना सङ्क्रमितकाे ज्यान गएसँगै काेराेनाबाट ज्यान गुमाउनेकाे सङ्ख्या एक हजार तीन सय ६१ पुगेकाे छ । 

अन्तिम अपडेट: चैत १३, २०८०

तपाईको प्रतिक्रिया