अदालतबाट रिहा भएपछि राज्यमन्त्री शर्माले भने : अदालतले न्यायसंगत काम गर्‍याे

 साउन २८, २०७५ सोमबार १९:२७:२९ | धनवीर महतो
unn.prixa.net

महोत्तरी – अदालतको सम्मान गर्नको लागि मात्र आफू अदालतसमक्ष आएको प्रदेश नम्बर २ का सामजिक विकास राज्यमन्त्री अभिराम शर्माले बताएका छन् ।

सोमबार दिउँसो सधारण तारेखमा रिहा भएलगतै अदालत परिसरमा पत्रकारसँग कुराकानी गर्दै राज्यमन्त्री शर्माले आफूले अदालतको सम्मानको लागि अदालतलाई पत्र पठाएर उपस्थित भएको जनाएका छन् । 

उनले जिल्ला अदालत महोत्तरीले सोमबार गरिएको निर्णय न्यायसंगत रहेको प्रतिक्रिया दिएका छन । आफू फरार अभियुक्त नभएको जिकीर गर्दै मन्त्री शर्माले आफू निवदेन दिएर मात्रै अदालतमा हाजिर भएको प्रतिक्रिया दिएका छन् ।

सशस्त्र प्रहरीका असई थमन विकको हत्याको आरोपमा उच्च अदालत जनकपुरले पक्राउ गर्नका लागि परमादेश जारी गरेको १३ औं दिनमा राज्यमन्त्री शर्मा अदालतमा स्वयंम उपस्थित भई आत्मसम्पर्ण गरेका हुन् ।

शर्मालाई जिल्ला अदालत महोत्तरीको १ नम्बर बेन्चले साधारण तारेखमा रिहा गरेको हो । 

याे पनि पढ्नुहाेस् :

असई विक हत्याकाण्डमा मुछिएका राज्यमन्त्री शर्मा सधारण तारेखमा रिहा

 

अन्तिम अपडेट: चैत १५, २०८०

धनवीर महतो

धनवीर महतो महोत्तरीकाे उज्यालो सहकर्मी हुनुहुन्छ ।

1 Comments

  • Sudip Pyasi

    Aug. 13, 2018, 8:05 p.m.

    अझ पनि अदालत राजनितीमा बिक्न छोडेन छ। अब त मुलुकी ऐनमा पनि नेताबाहेकलाइ लागू हुनेछ भनेर उल्लेख गर्न पर्यो सरकार।

  •  0 Reply

तपाईको प्रतिक्रिया