२४ घण्टामा १ हजार ४७४ जनामा काेराेना सङ्क्रमण, १ हजार ९३१ जना डिस्चार्ज

ज्यान गुमाउने १५ सय नाघे

 मंसिर १५, २०७७ सोमबार १६:५१:७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपालमा काेराेना भाइरस (काेभिड–१९) का सङ्क्रमितको सङ्ख्या दुई लाख ३३ हजार चार सय ५२ पुगेकाे छ । साेमबार थप एक हजार चार सय ७४ जनामा सङ्क्रमण पुष्टि भएकाे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएकाे छ । 

नौ हजार ६ सय ११ जनाकाे नमुना परीक्षण गर्दा एक हजार चार सय ७४ जनामा सङ्क्रमण देखिएकाे हाे । त्यस्तै गएकाे २४ घण्टामा एक हजार नाै सय ३१ जना निकाे भएर फर्किएसँगै डिस्चार्ज हुनेकाे सङ्ख्या दुई लाख १४ हजार पाँच सय २१ पुगेको छ ।  

अब नेपालमा १७ हजार चार सय २३ जना सक्रिय सङ्क्रमित आइसाेलेशनमा रहेका छन् । यस्तै पाँच सय ३५ जना क्वरेण्टीनमा रहेकाे मन्त्रालयले जनाएको छ । 

२४ घण्टामा थप २९ जना सङ्क्रमितकाे ज्यान गएसँगै काेराेनाबाट ज्यान गुमाउनेकाे सङ्ख्या एक हजार पाँच सय आठ पुगेकाे छ ।  

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया