प्युठानमा झिमरुक खोलाले बगाएर एकजना बेपत्ता

 साउन २९, २०७५ मंगलबार १०:८:२३ | एलबी थापा
unn.prixa.net

प्युठान - प्युठानमा झिमरुक खोलाले बगाएर सोमबार एकजना बेपत्ता भएका छन् ।

झिमरुक खोलाले बगाएर बेपत्ता हुनेमा झिमरुक गाउँपालिका–७ का ६२ वर्षाीय बाटुले सार्की छन् ।

सोमबार दिउँसो करिब ३ बजेकाे अासपास बेपत्ता भएका सार्की बेलुकासम्म घर नफर्केपछि खोलाले बगाएको स्थानीयले जानकारी दिएका छन् ।

सार्कीलाई झिमरुक गाउँपालिका ढाँड बजार नजिक तुषारा जाने सडक खण्डको झिमरुक खोलाले बगाएको हो । गाउँपालिकामा गरिब परिचय पत्र लिन आएका सार्कीलाई घर फर्कंदै गर्दा खोलाले बगाएको हो ।

खोलाले बगाएर बेपत्ता भएको खबर तत्कालै प्रहरी र प्रशासनलाई जानकारी गराए पनि समयमै घटनास्थलमा प्रहरी नपुग्दा उद्धारमा ढिलाई भएको वडा अध्यक्ष गोपाल गिरीले जानकारी दिनुभयो ।

मंगलबार बिहानैदेखि उहाँको खोजी कार्य गर्ने भनिए पनि वर्षाका कारण खोला बढेकाले उद्धारमा समस्या भइरहेको उहाँले जानकारी दिनुभयो ।

त्यस खोलामा निर्माणाधीन पुल समयमै नबन्दा बर्सेनि २-३ जनाकाे खाेलाले बगाएर ज्यान जाने गरेकाे उहाँले उज्यालोलाई बताउनुभयाे ।

 


याे पनि पढ्नुहाेस्/हेर्नुहाेस्

आफ्नै चिहान बनाएर मृत्यु कुर्दै डाँडामाथिका घाम

अन्तिम अपडेट: बैशाख १, २०८१

एलबी थापा

एलबी थापा प्यूठानका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया