२४ घण्टामा १ हजार ४९० जनामा काेराेना सङ्क्रमण, १५ सयभन्दा धेरै डिस्चार्ज

 मंसिर १७, २०७७ बुधबार १६:३१:४४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपालमा काेराेना भाइरस (काेभिड–१९) का सङ्क्रमितको सङ्ख्या दुई लाख ३६ हजार दुई सय ४६ पुगेकाे छ । बुधबार थप एक चार सय ९० जनामा सङ्क्रमण पुष्टि भएकाे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएकाे छ । 

आठ हजार तीन सय जनाकाे नमुना परीक्षण गर्दा एक चार सय ९० जनामा सङ्क्रमण देखिएकाे हाे । त्यस्तै गएकाे २४ घण्टामा एक हजार पाँच सय ६७ जना निकाे भएर फर्किएसँगै डिस्चार्ज हुनेकाे सङ्ख्या दुई लाख १८ हजार एक सय ६१ पुगेको छ ।  

अब नेपालमा १६ हजार पाँच सय ४७ जना सक्रिय सङ्क्रमित आइसाेलेशनमा रहेका छन् । यस्तै ६ सय पाँच जना क्वरेण्टीनमा रहेकाे मन्त्रालयले जनाएको छ । 

२४ घण्टामा थप ९ जना सङ्क्रमितकाे ज्यान गएसँगै काेराेनाबाट ज्यान गुमाउनेकाे सङ्ख्या एक हजार पाँच सय ३८ पुगेकाे छ ।  

अन्तिम अपडेट: बैशाख १, २०८१

तपाईको प्रतिक्रिया