वडाध्यक्ष समेत रहेका ठेकेदार पक्राउ

 जेठ १६, २०७५ बुधबार ९:०:२९ | उज्यालो सहकर्मी

गोरखा, जेठ १६ – तोकिएको समयमा काम नगर्ने वडाध्यक्ष समेत रहेका एक ठेकेदार पक्राउ परेका छन् ।

भिमसेन गाउँपालिका वडा नम्बर ७ का वडाध्यक्ष तथा धुलिखेल निर्माण प्रालिका ठेकेदार नारायण श्रेष्ठ बोर्लाङ स्वाथ्यचौकीको काममा ढिलाई गरेपछि पक्राउ परेका हुन् । उनलाई मंगलबार प्रहरीले पक्राउ गरेको हो ।

ठेकेदार श्रेष्ठले २०७३ सालको असारमा काम सक्नेगरी २०७१ सालको बैशाखमा ठेक्का सम्झौता गरेपनि अहिलेसम्म जम्मा ७३ प्रतिशत मात्रै काम सकिएको छ ।

गोरखामा तोकिएको समयमा काम नगर्ने ७ जना ठेकेदारलाई वारेन्ट जारी गरिएकोमा अझै ६ जना पक्राउ पर्न बाँकी रहेका प्रहरीले जनाएको छ । 

अन्तिम अपडेट: चैत १३, २०८०

तपाईको प्रतिक्रिया