जनवरीदेखि काेराेना खाेप दिने क्यानडाकाे तयारी

 मंसिर १९, २०७७ शुक्रबार १३:४४:७ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – क्यानडा सरकारले आउँदाे महिनादेखि नै काेराेना भाइरसविरुद्धको खोप दिने तयारी गरेको छ । जनवरीमा खोप आउने विश्वासका साथ क्यानडा सरकारले वितरणको तयारी भइरहेको जनाएको छ ।

क्यानडामा खोप वितरणको जिम्मेवारी पाएका मेजर जनरल डेनी फोर्टीनले जनवरीदेखि नै खोप वितरण गर्ने गरी तयारी भइरहेको जानकारी दिनुभएको हो । आफ्नो देशमा आउँदो महिनादेखि नै खोप वितरण गर्ने काम निकै चुनौतीपूर्ण रहेको तर तीव्र रूपमा तयारी भइरहेको उहाँको भनाइ छ ।

उहाँलाई क्यानडा सरकारले अघिल्लो हप्ता सार्वजनिक स्वास्थ्य सेवा सञ्चालन तथा व्यवस्थापनसम्बन्धी निकायको उपाध्यक्षको रूपमा नियुक्त गरेको थियो । सरकारी अधिकारी र सेनासँग मिलेर खोप वितरणसम्बन्धी काम गर्ने जिम्मेवारी मेजर जनरल डेनी फोर्टीनलाई दिइएको छ । उहाँले डिसेम्बर ७ अर्थात् मङ्सिर २२ गतेदेखि खोपसम्बन्धी कामका लागि क्यानडाको सेना खटिने र डिसेम्बर २५ अर्थात् पुस १० भित्रमा सबै तयारी पूरा हुने पनि विश्वास व्यक्त गर्नुभयो ।

क्यानडामा अहिलेसम्म तीन लाख ९० हजारभन्दा बढी कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् । त्यहाँ १२ हजार तीन सयभन्दा धेरैको ज्यान गएको छ ।      

अन्तिम अपडेट: चैत २१, २०८०

तपाईको प्रतिक्रिया