२४ घण्टामा १२७२ जनामा काेराेना सङ्क्रमण, १५ सयभन्दा धेरै डिस्चार्ज

 मंसिर १९, २०७७ शुक्रबार १६:४५:३३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपालमा काेराेना भाइरस (काेभिड–१९) का सङ्क्रमितको सङ्ख्या दुई लाख ३८ हजार आठ सय ६१ पुगेकाे छ । शुक्रबार थप एक हजार दुई सय ७२ जनामा सङ्क्रमण पुष्टि भएकाे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएकाे छ । 

आठ हजार ३१ जनाकाे नमुना परीक्षण गर्दा एक हजार दुई सय ७२ जनामा सङ्क्रमण देखिएकाे हाे । त्यस्तै गएकाे २४ घण्टामा एक हजार पाँच सय ७५ जना निकाे भएर फर्किएसँगै डिस्चार्ज हुनेकाे सङ्ख्या दुई लाख २१ हजार आठ सय ४७ पुगेको छ ।  

अब नेपालमा १५ हजार चार सय ४७ जना सक्रिय सङ्क्रमित आइसाेलेशनमा रहेका छन् । यस्तै पाँच सय ३७ जना क्वरेण्टीनमा रहेकाे मन्त्रालयले जनाएको छ । 

२४ घण्टामा थप १६ जना सङ्क्रमितकाे ज्यान गएसँगै काेराेनाबाट ज्यान गुमाउनेकाे सङ्ख्या एक हजार पाँच सय ६७ पुगेकाे छ ।   

अन्तिम अपडेट: बैशाख ३, २०८१

तपाईको प्रतिक्रिया