आज विश्व माटो दिवस

 मंसिर २०, २०७७ शनिबार ८:०:३७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - आज विश्व माटो दिवस पनि मनाइँदै छ ।

स्वस्थ माटोको महत्त्वमा विश्वको ध्यान केन्द्रित गर्न र माटोको स्रोतको स्थायी व्यवस्थापनसम्बन्धी जनजागरुकता फैलाउन हरेक वर्षको डिसेम्बर ५ तारिखमा संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संस्थानले विश्व माटो दिवस मनाउँदै आएको छ ।

थाइल्याण्डका राजा भूमिबोल अडुल्याडेजले विश्व माटो दिवसलाई आधिकारिक रूपमा स्वीकृत गरेकोले यो दिन उनकै जन्मदिन अर्थात् ५ डिसेम्बरमा मनाउन थालिएको हो । जमिनमुनिको पानी, कार्बनको भण्डार र वायुमण्डलमा हुने थुप्रै ग्यासहरुलाई स्वच्छ पार्न स्वच्छ माटोको आवश्यकता पर्ने विज्ञहरुको भनाइ छ ।

अन्तिम अपडेट: बैशाख ३, २०८१

1 Comments

  • birsinghmahatara

    Dec. 7, 2022, 4:25 p.m.

    Good

  •  0 Reply

तपाईको प्रतिक्रिया