नेकपा सचिवालय बैठक आज बस्दै, दुई अध्यक्षको विवादले बैठक अर्थहीन बन्दै

 मंसिर २०, २०७७ शनिबार ९:३:१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - नेकपा सचिवालय बैठक आज बस्दै छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो १ बजे बस्ने बैठकमा पार्टीभित्रको विवाद समाधान कसरी गर्ने भन्नेबारे छलफल हुने नेकपा स्रोतले जनाएको छ । यसअघि बुधबार बसेको बैठकमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री ओली सहभागी हुनुभएको थिएन ।

आजको बैठकमा भने उहाँ सहभागी हुने ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो । नेकपाका दुई अध्यक्ष ओली र पुष्पकमल दाहाल प्रचण्डबीचको विवाद बढ्दै जाँदा नेकपा सचिवालय बैठक अर्थहीन हुँदै आएको छ ।

एक-अर्काबीच गम्भीर आरोप-प्रत्यारोपसहित बेग्लाबेग्लै राजनीतिक प्रस्ताव अघि सारेका दुई अध्यक्ष आ-आफ्नो रणनीतिलाई बलियो बनाउन सक्रिय हुँदै आएका छन् । दुई अध्यक्षलाई मिलाउन दोस्रो र तेस्रो तहका नेताहरु सक्रिय हुँदै आएका छन् ।

हिजो दिनभर नेताहरु सहमतिका लागि छलफल गरे पनि प्रयास सफल हुन सकेन । प्रधानमन्त्री एवं अध्यक्ष ओलीले अनौपचारिक छलफल गरेर निचोड निकाल्नुपर्ने र केही समयका लागि सचिवालय बैठक रोक्नुपर्ने पक्षमा हुनुहुन्छ भने कार्यकारी अध्यक्ष प्रचण्ड बैठकबाटै सबै समस्याको समाधान खोज्नुपर्ने पक्षमा रहनुभएको छ ।

अन्तिम अपडेट: चैत ७, २०८०

तपाईको प्रतिक्रिया