कसले हाल्यो विद्यालयको खानेपानी ट्याङ्कीमा विष ? २० विद्यार्थी बिरामी भए

 साउन २९, २०७५ मंगलबार १४:२१:१७ | सुमन तिमल्सिना
unn.prixa.net

मोरङ – मोरङको जाँते माध्यामिक विद्यालयको खानेपानी ट्याङ्कीमा  नचिनेको व्यक्तिले विष मिसाइदिँदा २० जना विद्यार्थी बिरामी परेका छन् । २ जनाको अवस्था गम्भीर रहेको छ । 

मंगलबार बिहान विद्यालय आएका विद्यार्थीहरु पानी खाने क्रममा उनीहरु विरामी परेका हुन् । साना कक्षाका बालबालिकाहरुले पानी खाए पनि थाहा नपाएको र ठूला कक्षाका विद्यार्थीले गन्ध आएको थाहा पाएपछि घटना बाहिर आएको थियो ।

पानीमा साइपर मेथिन १० विषाधि हालेको पाइएको प्रहरीले जनाएको छ । प्रहरी चौकी जाँतेका सहायक प्रहरी निरीक्षक (असई) हरिनारायण राजवंशीले कक्षा १ देखि १० सम्मकै २० जना विद्यार्थी बिरामी भएकामा २ नजनाको अवस्था गम्भीर रहेको जानकारी दिनुभयो ।

गम्भीर बिरामी भएका सृष्टि निरौला र खुस्बू मिश्रलाई थप उपचारको लागि  विराटनगर पठाइएको उहाँले बताउनुभयो   ।  अन्य बिरामीहरु १८ जनाको मंगलबारे उपस्वास्थ्य चौकी उर्लाबारीमा उपचार भइरहेको छ  । टाढाबाट विद्यालय आउने विद्यार्थीहरु गर्मीको कारण थाकेर आउने र उनीहरुले सुरुमै पानी खाने बित्तिकै बिरामी परेका थिए । 

अन्तिम अपडेट: बैशाख १०, २०८१

सुमन तिमल्सिना

सुमन तिमल्सिना मोरङका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया