​चितवनको एभरेष्ट पेन्ट्स प्रालिमा आगलागी

 जेठ १६, २०७५ बुधबार ९:३०:४८ | उज्यालो सहकर्मी

चितवन, जेठ १६ – भरतपुर महानगरपालिका वडा नम्बर ४ शिवघाटमा रहेको एभरेष्ट पेन्ट्स प्रालिमा आगलागी भएको छ  ।

बिजुलीको तार सर्ट भएर आगलागी भएको हुनसक्ने प्रहरीले जनाएको छ । नवलपरासीको कावासोती र मकवानपुरबाट दमकल मगाएर आगो निभाउने प्रयास भइरहेको छ । क्षतिको विवरण भने आउन बाँकि छ ।  

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया