थप १०९६ जनामा काेराेना सङ्क्रमण, १७ सयभन्दा धेरै डिस्चार्ज

 मंसिर २१, २०७७ आइतबार १६:२७:४१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपालमा काेराेना भाइरस (काेभिड–१९) का सङ्क्रमितको सङ्ख्या दुई लाख ४० हजार नाै सय ८१ पुगेकाे छ । आइतबार थप एक हजार ९६ जनामा सङ्क्रमण पुष्टि भएकाे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएकाे छ । 

६ हजार चार सय ९५ जनाकाे नमुना परीक्षण गर्दा एक हजार ९६ जनामा सङ्क्रमण देखिएकाे हाे । त्यस्तै गएकाे २४ घण्टामा एक हजार सात सय ५२ जना निकाे भएर फर्किएसँगै डिस्चार्ज हुनेकाे सङ्ख्या दुई लाख २५ हजार आठ सय पाँच पुगेको छ ।  

अब नेपालमा १३ हजार पाँच सय ८२ जना सक्रिय सङ्क्रमित आइसाेलेशनमा रहेका छन् । यस्तै पाँच सय ३६ जना क्वरेण्टीनमा रहेकाे मन्त्रालयले जनाएको छ । 

२४ घण्टामा थप १७ जना सङ्क्रमितकाे ज्यान गएसँगै काेराेनाबाट ज्यान गुमाउनेकाे सङ्ख्या एक हजार पाँच सय ९४ पुगेकाे छ ।   

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया