न्यूनतम साझा कार्यक्रम र सङ्कल्प प्रस्ताव ल्याउनु ठूलो कुरा होइन,...
चैत १५, २०८० बिहिबार
मकवानपुर – हेटौंडा उपमहानगरपालिका र थाहा नगरपालिकामा नचिनेका मानिसहरुको समूहले बम राख्दै बससमेत जलाएका छन् ।
मंगलबार त्रिभुवन राजपथ अन्तरगत थाहा नगरपालिका–११, टिस्टुङमा नचिनेका मानिसको समूहल बसमा आगजनी गरेका हुन् । यस्तै हेटौंडा ११ स्मारक जाने बाटोमा प्रेसर कुकर बम फेला परेको छ ।
पालुङबाट काठमाडौंतर्फ जाँदै गरेको भन्सार छुटेको बसमा नचिनेका मानिसहरुको समूहले टिस्टुङको देउरालीमा आगजनी गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक बुद्धिराज गुरुङले बताउनुभयो । बसमा यात्रु नभएकाले मानवीय क्षति नभएको जनाइएको छ ।
मंगलबार नेत्रविक्रम चन्द नेतृत्वको नेकपाले नेपाल बन्दको घोषणा गरेकामा त्यसको अवज्ञा गरेको भन्दै बन्दकर्ताले पूर्वपश्चिम राजमार्ग अन्र्तगत मनहरीमा केही सवारीसाधनमो तोडफोड गरेको प्रहरीले जनाएको छ ।
यसै क्रममा हेटौंडा उपमहानगरपालिका–११, नवलपुरको सडक छेउमा प्रेसर कुकर बम फेला परेको प्रहरीले जनाएको छ । बमलाई सुपारेटारबाट गएको नेपाली सेनाको टोलीले डिस्पोज गरेको छ ।
नेत्रविक्रम चन्द नेतृत्वको नेकपाले नेपाल बन्दको घोषणा गरे पनि हेटौंडामा सवारीका साधन भने सञ्चालन भएका छन् । यसैगरी मनहरी गाउँपालिकाको खरैङगामा मंगलबार बिहान सडकमा गुडिरहेको टिपरमा केही व्यक्तिले बम हान्न खोज्दा टिपर अनियन्त्रित भएर सडक बाहिर नालीमा पुगेको थियो ।
टिपरलाई प्रहरीले के्रनको सहायताले निकालेर गन्तव्यमा पठाएको प्रहरी उपरीक्षक गुरुङले बताउनुभयो । यसैगरी थाहा नगरपालिकाको देउरालीमा रुख ढालेर बाटो अवरुद्ध बनाइए पनि प्रहरीले पन्छाएर सडक खुलाएको छ ।