थप १३८२ जनामा काेराेना सङ्क्रमण, १६२१ जना डिस्चार्ज

 मंसिर २३, २०७७ मंगलबार १६:२७:१४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपालमा काेराेना भाइरस (काेभिड–१९) का सङ्क्रमितको सङ्ख्या दुई लाख ४३ हजार तीन सय ७७ पुगेकाे छ । मङ्गलबार थप एक हजार तीन सय ८२ जनामा सङ्क्रमण पुष्टि भएकाे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएकाे छ । 

त्यस्तै गएकाे २४ घण्टामा एक हजार ६ सय २१ जना निकाे भएर फर्किएसँगै डिस्चार्ज हुनेकाे सङ्ख्या दुई लाख २९ हजार ५४ पुगेको छ ।  

अब नेपालमा १२ हजार ६ सय ८६ जना सक्रिय सङ्क्रमित आइसाेलेशनमा रहेका छन् । यस्तै पाँच सय २३ जना क्वरेण्टीनमा रहेकाे मन्त्रालयले जनाएको छ । 

२४ घण्टामा थप २३ जना सङ्क्रमितकाे ज्यान गएसँगै काेराेनाबाट ज्यान गुमाउनेकाे सङ्ख्या एक हजार ६ सय ३७ पुगेकाे छ ।  

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया