पर्यटन पत्रकार संघ जुम्लाको अध्यक्षमा  उज्यालोकर्मी शाही

 साउन २९, २०७५ मंगलबार १८:०:३३ | उज्यालो सहकर्मी
unn.prixa.net

जुम्ला – नेपाल पर्यटन पत्रकार संघ जुम्लाको अध्यक्षमा उज्यालो सहकर्मी पत्रकार नेत्रबहादुर शाही सर्वसम्मत निर्वाचित हुनुभएको छ ।

पर्यटन पत्रकार संघ जुम्लाको  भेलाले शाहीलाई सर्वसम्मत अध्यक्षमा चयन गरेको हो । शाही नेतृत्वको पर्यटन पत्रकार संघ जुम्लाको नयाँ कार्यसमितिको उपाध्यक्षमा  गोल्डेन बुढा,  महिला उपाध्यक्षमा लक्ष्मी न्यौपाने, सचिवमा सागर परियार, सहसचिवमा सुभाकर विश्कर्मा, कोषाध्यक्षमा शान्तिमा खत्री रहेका छन् ।

यसैगरी सदस्यहरुमा नन्दराम जैसी, रिता आचार्या, स्यानु उपाध्यय, विजय रावत, हरिकृष्ण महत, अमृत बुढाथोकी मगरसहित १३ सदस्यीय जिल्ला कार्यसमिति गठन भएको हो ।

नवनिर्वाचित अध्यक्ष शाहीले पर्यटकीय क्षेत्र र सम्भावनाको मुहान कर्णालीको पर्यटकीय क्षेत्रमा पत्रकारहरुको ठूलो भूमिका रहेका कारण पर्यटकीय विकासको टेवा पुर्याउन , पूर्वाधार तयार गर्न कर्णाली पर्यटन वर्ष २०७५ कार्यान्वयन लागि ठूलो भूमिका निर्वाह हुने बताउनुभयो । 

कार्यक्रममा नेपाल पत्रकार महासंघ जुम्लाका संस्थापक सभापति नरेन्द्रनाथ योगीले पत्रकार समाजको सबैभन्दा ठूलो शक्ति भएकाले कर्णालीको पर्यटकीय विकासमा समितिले प्रभावकारी रुपमा काम गर्ने बताउनुभयो ।

पर्यटन पत्रकार संघ कर्णाली प्रदेशमा उपाध्यक्ष दिलमाया शाहीको उपस्थितिमा उक्त भेला सम्पन्न भएको हो  ।  
 

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया