एसियाली खेलकुद : नेपाल जापानसँग १–० ले पछाडि(लाइभ)

 साउन २९, २०७५ मंगलबार १८:१३:४१ | उज्यालो सहकर्मी
unn.prixa.net

१८औं एसियाली खेलकुद प्रतियोगिता अन्तर्गत नेपाली फुटबल टोलीले आफ्नो पहिलो खेलमा आज एसियाली पावरहाउस जापानसँग खेलिरहेको छ । खेलको पहिलो हाफ चलिरहँदा नेपाल जापानसँग एक–शून्यले पछि रहेको छ । 

नेपाल र जापानबीचको खेल इण्डोनेसियाको सिकाराङस्थित विबावा मुक्ति रंगशालामा नेपाली समयअनुसार साँझ पौने ६ बजेदेखि सुरु भएको हो ।

एसियाली खेलकुदमा नेपाल समूह डी मा परेको छ । समूहको दोस्रो खेल नेपालले आगामी बिहीबार भियतनामसँग यही रंगशालामा खेल्नेछ । समूह चरणको अन्तिम तथा तेस्रो खेल नेपालले पाकिस्तानसँग बेकासीको प्याट्रियट रंगशालामा खेल्नेछ ।

हेर्नुहाेस् लाइभ

लाइभ हेर्न तलकाे लि‌ककाे युट्यूबमा जानुहाेला


 

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया