थप १०५६ जनामा काेराेना सङ्क्रमण, १४ सयभन्दा धेरै डिस्चार्ज

 मंसिर २४, २०७७ बुधबार १६:४८:१३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपालमा काेराेना भाइरस (काेभिड–१९) का सङ्क्रमितको सङ्ख्या दुई लाख ४४ हजार चार सय ३३ पुगेकाे छ । बुधबार थप एक हजार ५६ जनामा सङ्क्रमण पुष्टि भएकाे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएकाे छ । 

६ हजार दुई सय ८६ जनाकाे नमुना परीक्षण गर्दा एक हजार ५६ जनामा सङ्क्रमण देखिएकाे हाे । त्यस्तै गएकाे २४ घण्टामा एक हजार चार सय ८३ जना निकाे भएर फर्किएसँगै डिस्चार्ज हुनेकाे सङ्ख्या दुई लाख ३० हजार पाँच सय ३७ पुगेको छ ।  

अब नेपालमा १२ हजार दुई सय ४५ जना सक्रिय सङ्क्रमित आइसाेलेशनमा रहेका छन् । यस्तै पाँच सय २५ जना क्वरेण्टीनमा रहेकाे मन्त्रालयले जनाएको छ । 

२४ घण्टामा थप १४ जना सङ्क्रमितकाे ज्यान गएसँगै काेराेनाबाट ज्यान गुमाउनेकाे सङ्ख्या एक हजार ६ सय ५१ पुगेकाे छ ।   

अन्तिम अपडेट: चैत २९, २०८०

तपाईको प्रतिक्रिया