नेपाली क्रिकेट टाेलीको सम्मानमा राष्ट्रपति कार्यालयमा दिवा भोज

 साउन २९, २०७५ मंगलबार १८:४२:१७ | उज्यालो सहकर्मी

काठमाडौं – नेपाली क्रिकेट टिमका खेलाडीहरुलाई राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली टिमलाई बधाई दिनुभएको छ ।

भर्खरै नेदरल्याण्ड्सविरुद्धको ऐतिहासिक एकदिवसीय क्रिकेट खेलेर फर्किएको नेपाली टिमका सदस्यहरुलाई राष्ट्रपति भवन शीतलनिवासमा राष्ट्रपति भण्डारीले उनीहरुको सम्मानाम दिवा भोजको आयोजना गर्नुभएको हो ।

राष्ट्रपति भवनमा राष्ट्रिय खेलकूद परिषद् राखेपका सदस्य सचिव केशवकुमार विष्ट,  युवा तथा खेलकूद मन्त्रालयका सचिव मोहनकृष्ण सापकोटासहित  कप्तान पारस खड्काको नेतृत्वमा पुगेका थिए ।

 

 

 

फोटोः राजेन्द्र चित्रकार 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया