थप १०४४ जनामा काेराेना सङ्क्रमण, १२ सयभन्दा धेरै जना डिस्चार्ज

 मंसिर २६, २०७७ शुक्रबार १६:३१:२३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपालमा काेराेना भाइरस (काेभिड–१९) का सङ्क्रमितको सङ्ख्या दुई लाख ४६ हजार ६ सय ९४ पुगेकाे छ । शुक्रबार थप एक हजार ४४ जनामा सङ्क्रमण पुष्टि भएकाे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएकाे छ । 

सात हजार चार सय १४ जनाकाे नमुना परीक्षण गर्दा एक हजार ४४ जनामा सङ्क्रमण देखिएकाे हाे । त्यस्तै गएकाे २४ घण्टामा एक हजार दुई सय ७१ जना निकाे भएर फर्किएसँगै डिस्चार्ज हुनेकाे कुल सङ्ख्या दुई लाख ३२ हजार आठ सय ७२ पुगेको छ ।  

अब नेपालमा १२ हजार एक सय ४८ जना सक्रिय सङ्क्रमित आइसाेलेशनमा रहेका छन् । यस्तै पाँच सय १९ जना क्वरेण्टीनमा रहेकाे मन्त्रालयले जनाएको छ । 

२४ घण्टामा थप ११ जना सङ्क्रमितकाे ज्यान गएसँगै काेराेनाबाट ज्यान गुमाउनेकाे सङ्ख्या एक हजार ६ सय ७४ पुगेकाे छ । 

अन्तिम अपडेट: चैत १६, २०८०

तपाईको प्रतिक्रिया