प्रचण्ड नेतृत्वकाे सरकारलाई निरन्तरता दिन एमाले तयार छ : महास...
बैशाख ७, २०८१ शुक्रबार
हुम्ला – हुम्लाको हिल्सामा मनाङ एयरको ‘मनाङ ९ एनएएमडी’ हेलिकोप्टरको पंखाले लागेर आज एक जना भारतीयको मृत्यु भएको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेलले अपराह्न सवा ३ बजे यात्रु ओराल्दै गर्दा पछाडिपट्टिको पंखाले लागेर भारतको मुम्बइका ४२ वर्षीय नवीन्द्रकुमार कात्तिक नेहटाको मृत्यु भएको जानकारी दिनुभयो ।
हेलिकोप्टर सिमकोटबाट हिल्सातर्फ उडेको थियो । जिल्ला प्रहरी कार्यालयको टोली घटनास्थलतर्फ गएको छ । नेहटाको शव बुधबार हिल्साबाट सदरमुकाम सिमकोट ल्याइने बताइएको छ ।