एसियाली खेलकुद : नेपाल जापानसँग १–० ले पराजित

 साउन २९, २०७५ मंगलबार १९:५१:२८ | उज्यालो सहकर्मी
unn.prixa.net

एसियाली खेलकुद अन्तर्गत मंगलबार भएको फुटबलमा नेपाल एसियाली पावरहाउस जापानसँग १–० गोल अन्तरले पराजित भएको छ । 

एसियाली खेलकुद औपचारिक रुपमा १८ अगस्टदेखि सुरु भए पनि फुटबल खेल भने सुरु भइसकेको छ । आज इण्डोनेसियाको सिकाराङस्थित विबावा मुक्ति रंगशालामा भएकाे खेलमा नेपालले पहिलो हाफको ७औं मिनेटमा गोल खाएको थियो । जापानका लागि मिटोमा काउरुले गोल गरेका थिए । नेपाल भन्दा बलियो जापानले पटकपटक पोस्ट चार्ज गरे पनि नेपालका किपर किरन चेम्जोङले उत्कृष्ट बचाउ गरेका थिए ।

एसियाली खेलकुदमा यू–२३ टिम खेल्ने गरेको छ । जसमा ३ जना बढी उमेर समूहका खेलाडी पनि समावेश गर्न पाउने प्रावधान अनुसार नेपालको कप्तानी गोलकिपर किरन चेम्जोङले गरेका छन् ।

 

अन्तिम अपडेट: चैत २५, २०८०

1 Comments

  • DIN DINESH Khadka

    Aug. 14, 2018, 8:19 p.m.

    किरण जस्तो खेलाडी अरु पनि भए नेपाल पनि फूटबलमा केही प्रगति हुने थियो तर यहाँ जता पनि यो राजनीति ले बिगारेको हो एउटा राम्रो रगंसाला पनि नभएको देशको खेलाडी अनि 3/4 बर्ष संम्मा पनि लिग बिना जीवन चलाउने ती खेलाडी को खेल नेताको भन्दा चै राम्रो छ

  •  0 Reply

तपाईको प्रतिक्रिया