असई विक हत्या प्रकरण : मेयर मिश्र र राजपा महासचिव पाण्डेय पनि साधारण तारेखमा छुटे

 साउन २९, २०७५ मंगलबार १९:५५:५४ | धनवीर महतो
unn.prixa.net

महोत्तरी – महोत्तरी जलेश्वर नगरपालिकाका मेयर रामशंकर मिश्र र राजपाका केन्द्रीय महासचिव सुरेश पाण्डेयलाई जिल्ला अदालत महोत्तरीले सधारण तारेखमा रिहा गरिएको छ ।

सशस्त्र प्रहरी असई थमन विक हत्याका अभियोग लागेका मेयर मिश्र र महासचिव पाण्डेलाई अदालतले ४ घण्टा लामो बहसपछि सधारण तारेखमा रिहा गरेको हो ।

जिल्ला अदालत महोत्तरीका न्यायाधीश ब्रजेश प्याकुरेलको इजलासले थुनछेक सुनवाई गर्दै असई विक हत्या घटनामा इजलास समक्ष पेश गरिएका प्रमाणले प्रत्यक्ष संग्लता नरेहको पुष्टि हुन आएकोले तत्कालको लागि साधारण तारेखमा रिहा गरिएको अदालतले जनाएको छ ।

मेयर मिश्र र महासचिव पाण्डेलाई आउँदो भदौं ४ गते अदालतमा उपस्थित हुन आदेश दिइएको अदालतका रामानन्दप्रसाद अधिकारीले जानकारी दिनुभयो । 

२०७२ भदौ २५ गते मधेश आन्दोलनको क्रममा घाइ्ते अवस्थामा रहेका सशस्त्र प्रहरीका असई थमन विकलाई उपचारको लागि जनकपुरतर्फ लैजाँदै गर्दा आन्दोलनकारीले एम्बुलेन्सबाट थुतेर उनको हत्या गरेका थिए । उनको हत्यामा २८ जनाको नाम किटान गरी मृतक विकका दाजु प्रेमबहादुर विकले २०७२ साल असोज १ गते जिल्ला प्रहरी कार्यालय महोत्तरीमा उजुरी दिनुभएको थियो ।

सामेबार मात्रै प्रदेश २ का सामाजिक विकास राज्यमन्त्री अभिराम शर्मा अदालतमा हाजिर भइ सोमबार सामान्य तारेखमा छुटेका थिए ।

अन्तिम अपडेट: फागुन ३०, २०८०

धनवीर महतो

धनवीर महतो महोत्तरीकाे उज्यालो सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया