नेपाल टेलिकमकी प्रबन्ध निर्देशक कामिनी राजभण्डारी बर्खास्त

 साउन २९, २०७५ मंगलबार २२:४५:१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – सरकारले नेपाल टेलिकमकी प्रबन्ध निर्देशक कामिनी राजभण्डारीलाई बर्खास्त गरेको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले प्रबन्ध निर्देशक राजभण्डारीलाई बर्खास्त गर्ने निर्णय गरेको सूचना तथा सञ्चार प्रविधिमन्त्री तथा सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले जानकारी दिनुभयो ।

२०७३ सालको असोजमा ३ वर्षको लागि प्रबन्ध निर्देशकमा नियुक्त हुनुभएकी कामिनी राजभण्डारीलाई केपी ओली नेतृत्वको सरकारले स्पष्टिकरण सोधेको थियो । तर उहाँले चित्तबुझ्दो जवाफ नदिएको भन्दै सरकारले बर्खास्त गरेको हो । 

टेलिकमको नाफा बढाउन नसकेको, गुणस्तर सुधारमा ध्यान नदिएको, फोर जी सेवा सञ्चालन गर्दा अनियमितता गरेको लगायतका आरोप उहाँमाथि लाग्दै आएका थिए । 

अन्तिम अपडेट: चैत १२, २०८०

तपाईको प्रतिक्रिया