उपत्यकासहित देशका ठूला नदीमा बाढी, सतर्क रहन आग्रह

 साउन ३०, २०७५ बुधबार ७:५८:२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – उपत्यकाका बागमती, विष्णुमती, धोविखोला, रुद्रमतीलगायत देशभरका ठूला नदीमा बाढी आएको छ । अहिले ठूला नदीहरु कालिगण्डकी, अरुण, सुनकोशी, तमोर र सप्तकोशीमा पानीको सतह खतराको तह नजिकै पुगेको छ । अबको एक दुई घण्टामा कोशीको चतराभन्दा तल सप्तरी र सुनसरीमा डुबानको खतरा रहेको बाढी पूर्वानुमान शाखाले जनाएको छ ।

यस्तै पर्वतको कुस्मा कालिगण्डकीमा बाढी आएको छ । बुधबार बाग्लुङ, गुल्मी, स्याङजा, पाल्पा, तनहुँ, नवरपरासीको नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन शाखाले आग्रह गरेको छ । यस्तै नारायणी नदीमा पानीको सतह सतर्कता तह पार गर्ने अनुमान छ । 

मंगलबार राति सिन्धुपाल्चोकको जुरे आसपास १ सय मिलिमिटर भन्दा धेरै पानी परेपछि त्यहाँका बासिन्दालाई सावधानी अपनाउन बाढी पुर्वानुमान शाखाले आग्रह गर्दै एसएमएस पठाएको छ । विशेषगरी जुरेमा पहिरो गएको ठाउँमा बस्नेले सचेत हुनुपर्ने शाखाका बाढीविज्ञ विनोद पराजुलीले बताउनुभएको छ । 

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया